काँग्रेसलाई गुट,उपगुट रहित बनाउन मेरो उम्मेद्धवारीः नेतृ सिंह

  बुधबार ०१, मङि्सर २०७८ ११:५६

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेको छ ।

गाउँ÷नगर अधिवेशन सम्पन्न भएसँगै अब सवैको ध्यान प्रदेश सभा र क्षेत्रिय अधिवेशन तर्फ  केन्द्रित छ ।  भीमदत्त नगरपालिकाकी उप–प्रमुख तथा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष सुशिला चन्द सिंह क्षेत्र नम्बर ३ कै क्षेत्रिय समितिको सचिव पदका लागि मैदानमा उत्रिएकी छन् ।

वि.सं. २०४६ सालमा विद्यार्थी जीवन देखीनै नेपाल विद्यार्थी संघमा आवद्ध रही सिंहले आफ्नो राजनितिक जीवन सुरु गरिन् । आफ्नो परिवारको प्रेणाबाट  राजनितिक क्षेत्रमा लागेकी नेतृ सिंह २०६२ सालमा नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइन् ।

त्यस्तै उनले २०६५ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता प्राप्त गरिन् । यो विचमा उनले महिला अधिकार मञ्च बझाङको अध्यक्ष भई महिला तथा बालवालिकाको क्षेत्रमा थुप्रो काम समेत गरिन् । पार्टी जनता र समाजसेवा निरन्तर गर्दै आएकी नेतृ सिंह नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइन् । यस्तै २०७१ सालमा महिला संघ कञ्चनपुरको कोषाध्यक्ष भएर समेत उनले काम गरिन् ।

त्यसप्रश्चात नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा कञ्चनपुर क्षेत्र नं. ३ को कोषाध्यक्षमा निर्वाचित भइन् । निरन्तर पार्टीे र समाजसेवामा खटिने नेतृ सिंह जिल्लाकै सबै भन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिकाको उप–प्रमुखमा समेत निर्वाचित भइन् ।

अहिले पार्टीलाई थप सक्रिय,ससक्त र गुट उप–गुट रहित बनाउन कञ्चनपुर क्षेत्र नं. ३ को क्षेत्रिय समिसिको सचिव पदमा उम्मेद्धवारी दिने तयारी गरिरहेको नेतृ सिंहले बताइन् ।

 ‘पार्टीलाई थप क्रियाशिल,सशक्त र गुट उपगुट रहित बनाउन म सचिव पदको तयारीमा छु ।’ नेतृ सुशिला चन्द सिंहले भनिन् ‘मैले समाजसेवा गर्नको लागि नै राजनिति शुरु गरेकी हु, त्यही कुरालाई आत्मसाथ गरेर काम गर्छु ।’
 

सम्बन्धित शीर्षकहरु