दैजी–जोगबुडा सडक पाँच वर्षभित्र कालोपत्रे हुन्छः एनपी साउद

  सोमबार २८, कार्तिक २०७९ १२:३८

महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम पूर्वमन्त्री एनपी साउदले दैजी– जोगबुडा सडकखण्ड कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन्। 

आफू निर्वाचित भएमा पाँच वर्षभित्र दैजी– जोगबुडा सडक कालोपत्रे गर्ने उनले बताए।

‘पाँच वर्षभित्र दैजी– जोगबुडा सडक कालोपत्रे गरेर गाडी चढेर आउन सकेन भने अर्को चुनावमा तपाईहरुको घरमा आउन नदिनुहोला,’ उनले भने।

यो सडक निर्माणमा भएमा तराइबाट सुदूर पहाड पुग्न सहज हुने उनले बताए।
 

सम्बन्धित शीर्षकहरु