एक महिनामा बनरा–दोदा नदीमा पक्की पुलको ठेक्का गराउँछुः एनपी साउद

  मङ्गलबार २९, कार्तिक २०७९ ०९:२६

महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा  कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले एक महिनाभित्र ठेक्का सम्झौता गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। 

शुक्लाफाँटा नगरपालिका–१२ मा बनरा–दोदा बाढीपीडित संघर्ष समितिका पदाधिकारी तथा पीडितहरुसँग कुरा गर्दै नेता साउदले एक महिनाभित्र उक्त नदीमा पक्की पुलका लागि ठेक्का सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

उनले सो खोलामा तटबन्ध निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।  नेता साउदले विगत पाँच वर्षमा जनताले गरेको मतदानको एमालेबाट निर्वाचित सांसदले खेर फालेको पनि बताए। 

सम्बन्धित शीर्षकहरु