कञ्चनपुर २ मा कांग्रेस प्रवेश गर्नेको लहर

  बुधबार ३०, कार्तिक २०७९ ०२:३३

महेन्द्रनगर। कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ। विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेससंगै वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर बढेको छ।

कृष्णपुर नगरपालिकामा बुधबार विभिन्न पार्टी परित्याग गरेर १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

कृष्णपुर नगरपालिका–७ मा चन्द्र ताम्राकार, रोवनी ताम्राकार, तेजबहादुर ताम्राकार, किशोर ताम्राकार, कमल विक, टिकाराम टमाटा, रमेश ताम्राकार लगायत कांग्रेसमा प्रवेश गरेका छन्।

उनीहरुलाई नेपाली कांग्रेसका नेता एंवम् क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एनपी साउदले पार्टीमा स्वागत गरेका छन्।

यसअघि क्षेत्र नं. २ का विभिन्न अन्य ठाउँमा पनि नेपाली कांग्रेस प्रवेश गरेका थिए। मंगलबार मात्रै नेकपा एमालेका दुई सय बढी नेता/कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

कृष्णपुर नगरपालिका–६ मा आयोजित कार्यक्रममा कांग्रेसका नेता साउदले एमालेका दुई सय बढी कार्यकर्तालाई प्रवेश गराएका थिए। 

नेकपा एमालेका नगर कमिटी र वडा कमिटीमा रहेका नेता कार्यकर्ताहरुलाई कांग्रेसमा प्रवेश गराएका थिए। 
पार्टी प्रवेश गर्दै एमालेका नेता/कार्यकर्ताहरुले आफूहरुलाई एमालेले धोका दिएको र जनताको मतको अपमान गरेको बताएका छन्।
 

सम्बन्धित शीर्षकहरु