महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर किनारको बाटो कालोपत्रे गरिन्छः साउद

  सोमबार २८, कार्तिक २०७९ १२:४०

महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम पूर्वमन्त्री एनपी साउदले महाकाली तेस्रो चरणको मूल नहरको बाटो कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन्।

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरको चुनावी सभालाई सम्बोधन गर्दै नेता साउदले चुरे क्षेत्र भएर आइरहेको नहरको सडकलाई कालोपत्रे गर्ने निर्णय गरेको सुनाए।

‘घाँडीघाचमा नहर आएको छ, नहरको एककिनारालाई कालोपत्रे गरेर सडकमा रुपान्तरित गर्ने निर्णय गरेको छुं,’ उनले भने, ‘नहरले सिँचाइको सुविधा र सडकका साथै खहरेमा आउने बाढी नियन्त्रणमा पनि टेवा पु-याउने छ।’

आफू सिँचाइमन्त्री हुँदा महाकाली तेस्रो चरण नहर निर्माणको काम अगाडि बढेको उनले बताए। ‘झलारीसम्म नहर पुगेको छ, यो मालाखेतीसम्म पुग्ने छ, शाखा नहर पनि बन्ने छन्,’ उनले भने, ‘यसले यहाँका किसानलाई निकै राहत हुन्छ ।’
 

सम्बन्धित शीर्षकहरु