एमालेलाई धक्काः जिल्ला कमिटी सदस्य सिंह कांग्रेस प्रवेश, एनपी साउदले गरे स्वागत

  बिहिबार ०१, मङि्सर २०७९ ११:२७

महेन्द्रनगर। नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य मञ्जु सिंहले पार्टी परित्याग गरेकी छन्।

सिंहले एमाले छोडेर नेपाली कांग्रेस रोजेकी छन्।

उनीसंगै बिहिबार एक कार्यक्रमका बीच हेमन्ती चौधरी पनि नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।

उनीहरुलाई नेपाली कांग्रेसका नेता एनपी साउदले टिका लगाएर पार्टीमा स्वागत गरेका छन्।

साउद क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार छन्।
 

सम्बन्धित शीर्षकहरु