भम्केपानी धामलाई धार्मीक तथा पर्यटकिय गन्तव्य बनाउछौँः पूर्वमन्त्री साउँद

  सोमबार ०३, माघ २०७८ १२:४१

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदले भम्केपानी धामलाई धार्मीक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।

सोमबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नम्बर वडाकार्यालयको आयोजनामा भम्केपानी धाममा आयोजित आदिवासी,जनजाती तथा थारुहरुको चाँड माघ मिलान कार्यक्रमलाई सम्बोदन गर्दै उनले त्यसो भनेका हुन् ।

‘यो माघी आदिवासी,जनजाती,थारु,चौधरीहरुको मात्र नभएर हामी सबैको पर्व हो ।’ उनले भने ‘र यो भम्केपानी धाम धार्मीक तथा पर्यटकिय क्षेत्रका रुपमा धेरै सुन्दर ठाउँ भएकोले यस क्षेत्रको विकासका लागि आगामी दिनमा नेपाली काँग्रेस विजयी भएपछि हामीले गर्नेछौ ।’

त्यस्तै उनले सो क्षेत्रमा काँग्रेस विजयी भएपछि भम्केपानी धामलाई धार्मीक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न भौतिक संरचना,बाटो,पुल,कलभट तथा विजुली,पानीको समेत आवश्यक भएको भन्दै त्यसको व्यस्था गर्ने प्रतिवद्धता जनाए ।

‘आगामी दिनमा यस क्षेत्रमा काँग्रेस विजयी भएपछि यस क्षेत्रको विकासका लागि भौतिक संरचना,पुलपुलेसा,कलभट,खानेपानी,विजुलीको व्यस्थापन गरि भम्केपानी धामलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्छै ।’ हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्डमा रहेको पानी आफै माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी रहन गएको स्थानीयले बताए ।

कुण्डमा रहेको पानी पहिला पहिला दुई फुटमाथि उफ्रिने गरेको र हाल खोलाले कुण्डलाई काटेर बगाउने अवस्थामा पु¥याएपछि कालिका सामुदायिक वनले संरक्षणका लागि चारैतिरबाट ढुङ्गाको पर्खाल लगाएपछि पानी उफ्रिने गतिमा कमी आएको स्थानिय रमेश चौधरीले बताए । सहज सडक, पुल तथा अन्य सुविधा नहुदाँ सो क्षेत्र आझेलमा परको छ ।

Open photo

भम्केपानी कुण्ड

यस्तै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द शाहाले देशका विभिन्न समुदायका कला संस्कृति जगेर्ना गर्न सरकार समेत गम्भिर हुनु पर्ने बताए । ‘यहाँका कला संस्कृति जगेर्ना गर्न सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने र सरकार पनि गम्भिर हुनु पर्छ ।’ उनले भने ‘किनकी हाम्रा कला संस्कृति नै हाम्रो पहिचान हो ।’

यस्तै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले माघीको शुभकामना दिदै समुदायको संस्कृति तथा मान्यतालाई जगेर्ना गर्न नगरपालिकाले थारुहरुको बडघरलाई कानुनी मान्यता समेत दिएको बताए ।

‘हाम्रा कला संस्कृति र पुराना मान्यतालाई जगेर्ना गर्न नगरपालिकाले थारुहरुको बडघरलाई कानुनी मान्यता समेत दिइसकेका छ ।’ नगरप्रमुख ऐरले भने ।

सम्बन्धित शीर्षकहरु