पढे,लेखेका र बुझेकाहरुले एमसिसीको विरोध गरेका छैनन्ः पूर्वमन्त्री साउँद

  शनिबार ०७, फागुन २०७८ ०१:४५

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री एनपी साउँदले एमसीसी सदनबाट जसरी पनि अनुमोदन गर्नु पर्ने बताएका छन् ।

कन्चनपुरको कृष्णपुर  नगरपालिका–२ वंकमा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ को कार्यालय उद्धघाटन कार्यक्रमलाई सम्बोदन गर्दै उनले त्यसो भनेका हुन् ।

पढे लेखेका र बुझेकाहरुले एमसिसीको बिरोध नगरेको  नेता साउँदले बताए । ‘पढे,लेखेका र बुझेका जनताले एमसिसीको विरोध गर्नु भएको छैन ।’ उनले भने ‘यदी एमसीसी  राष्ट्रघाती भए देउवाले हस्ताक्षर कसरी गर्नु भयो त ?, के देउवाले राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गर्नु होला त ?’

त्यस्तै कार्यक्रममा उनले स्थानिय निकायको निर्बाचनको मिती सरकारले घोषणा गरिसकेकाले अब त्यसको तयारी जुट्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेता साउँदले गत निर्बाचनमा पार्टी भित्रको अन्तरघातको कारण धेरै ठाउँमा पार्टीका उम्मेदवार हारेको बताउदैँ वडाबाटै आफैँ उम्मेदवारको टुङगो लगाउन नेता कार्यकर्तालाई निर्देशन दिए  ।

‘तपाईंहरु वडा बाट नै उम्मेदवारको टुंगो लगाउनु होला हाम्रो केन्द्रका नेताको कुनै हस्तक्षेप हुँदैन’, उनले भने, ‘टिकट दिने बेला नै ध्यान दिनु होला । वडाबाट नै सबैको सहमतीमा उम्मेदवार छनौट गर्नुहोला ।’ कम्युनिष्टहरुले चुनाव जितेपछि बिकास निर्माणका कार्य यस क्षेत्रमा ठप्प भएको नेता साउँदले बताए । 

सम्बन्धित शीर्षकहरु