कञ्चनपुरमा काँग्रेसलाई काँग्रेसकै गठबन्धन चाहिएको छःसभापति बोगटी

  आइतबार २९, फागुन २०७८ ११:३१

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमिति सभापति पदम बोगटीले कञ्चनपुरमा काँग्रेसलाई चुनाव जिताउन काँग्रेसकै गठबन्धन चाहिएको बताएका छन् ।

आइतबार जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा आयोजित ‘घरघर जाऔँ,काँग्रेस जिताऔँ’ भन्ने एक महिने अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोदन गर्दै सभापति बोगटीले त्यसो भनेका हुन् ।

‘कसले भन्यो चुनावमा गठबन्धन आवश्यक छैन  भनेर ? यहाँ काँग्रेसलाई चुनाव जित्न गठबन्धन आवश्यक छ ।’ उनले भने ‘ तर अन्य पार्टी संग होईन यहाँ काँग्रेसलाई काँग्रेसकै गठबन्धन चाहिएको छ ।’

कञ्चनपुरमा काँगे्रस  लाई चुनाव जिताउन सबै नेता कार्यकर्ता एक भएर चुनावमा खटिन आवश्यक रहेको उनले बताए । कार्यक्रमबाटै उनले सबै नेता कार्यकर्तालाई एकजुट भएर एक अर्काको अस्तित्व स्विृकार्दै चुनावमा लाग्न समेत निर्देशन दिए ।

यस्तै सभापति बोगटीले नेकपाको सरकारले तीन वर्षमा देशलाई कगांल बनाएको बताए । ‘३ वर्षमा नेकपाको सरकारले देशलाई कगांल बनाए ।’ उनले भने ‘अहिले बैंकमा सामान्य ऋिण समेत पाइने अवस्था छैन ।’ 
 

सम्बन्धित शीर्षकहरु