डा.मणिभद्र मुनी महाराजले देखाएको बाटो समाजका लागि उपयुक्त हुनेछः पूर्वमन्त्री साउँद

  शुक्रबार १८, चैत २०७८ ०१:१२

महेन्द्रनगर । अन्तराष्ट्रिय मानव संघका संस्थापक जैन सादु नेपाल केशरी डा. मणिभद्र मुनि महाराजले देखाएको बाटो समाजको लागि उपयुक्त हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदले बताएका छन् ।

शुक्रबार विश्व हिन्दु महासंघले कञ्चनपुरको गड्डाचौकीमा आयोजित डा. मणिभद्र महाराजको सर्वोदय शान्ति पदयात्रा भारत प्रवेश तथा नेपालबाट विदाई कार्यक्रमलाई सम्बोदन गर्दै पूर्वमन्त्री साउँदले त्यसो भनेका हुन् ।

‘उहाँहरुले देखाउनु भएको बाटो समाजका लागि उपयुक्त हुनेछ,समाजका लागि राम्रो हुनेछ र समाजले यो बाटोमा हिडेपछि मात्रै समाज अगाडी  बढ्न सक्ने छ ।’ पूर्वमन्त्री साउँदले भने ‘आरधना र ज्ञानको बाटोबाट मान्छेको जीवनको मुक्ती हुन सक्छ । उहाँहरुले (जैन सादु डा.मणीभद्र मुनी महाराज र विराज मुनीजी महाराज) कुनैपनि सवारी साधनको प्रयोग नगरी पदयात्राबाटै मानिसलाई शान्ती,अहिंसा,अध्यात्म र धर्मको ज्ञान बाड्दै हुनुहुन्छ ।’

मेचीबाट पैदलयात्रा गरेर नेपाल प्रवेश गरेका डा. मणिभद्र महाराज र विराज मुनीजी महाराज झन्डै २ वर्ष सम्म पदयात्रा गर्दै नेपालका विभिन्न जिल्लाहरुमा शान्ती,अहिंसा र धर्मको ज्ञान बाड्दै विहिबार पश्चिमी सीमानाका गड्डाचौकी पुगेका थिए । शान्ती र अहिंसाको कामना गर्दै र मानिसलाई धर्मको संदेश दिदैँ थालिएको सर्वोदय शान्ती पदयात्रा शुक्रबार भारत प्रवेश गरेको छ ।

कार्यक्रममा नेपालका विशिष्ट व्यक्तिहरुले उनिहरुलाई शुभकामना सहित नेपालबाट विदाई र भारतका विशिष्ट व्यक्तिले उनलाई भारतमा भव्य स्वागत गरेका छन् ।  डा. मणीभद्र मुनि महाराजकाअनुसार आफुहरुको अब भारतको खटिमा,सितारगञ्ज,नैनताल,कासीपुर र हस्तिनापुर हुदैँ दिल्ली सम्म जाने योजना छ । डा. मणिभद्र महाराज आजिवन पदयात्री हुन् ।

‘हामी आजिवन पदयात्री हौँ ।’ डा. मणिभद्र महाराजले भने ‘हामी कहिल्यै पनि सवारी साधनको प्रयोग गर्दैनौँ । अहिले नेपालमा सवारी साधनको प्रयोग नगर्ने सादु  १४ हजार छन् ।’ उनले अगाडी थपे ‘मैले दिक्षा(घर परिवार सबै त्यागेको) लिएको ३८ वर्ष भइसक्यो र अहिले सम्म ८५ हजार किलोमिट पदयात्रा गरिसकेको छु ।’ उनिहरु कुनैपनि ठाउँमा ४ महिना भन्दा बढि बस्दैँनन् । 
 

सम्बन्धित शीर्षकहरु