भीमदत्तमा काँग्रेसका उम्मेद्धवारले भोलीबाट घरदैलो अभियान थाल्ने

  बुधबार १४, बैशाख २०७९ ०३:४९

महेन्द्रनगर । आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसका उम्मेद्धवारले भोलीबाट घरदैलो अभियान शुरु गर्ने भएका छन् ।

कञ्चनपुरको सबैभन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिको मेयर पदका उम्मेद्धवार पदम बोगटी,उपमेयर पदका उम्मेद्धवार निलम लेखक र भीनपा–१ का वडाध्यक्ष पदका उम्मेद्धवार आसेफ कुवँर (भुन्टु) सहित वडा सदस्यका उम्मेद्धवारहरु विहिबारदेखी जनताको घरदैलोमा जाने नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ ।

घरदैलोमा मेयर,उपमेयर र सम्बन्धित वडाका वडाध्यक्ष सहित वडा सदस्य पदका उम्मेद्धवार सहभागी हुनेछन् ।

विहिबार जिल्लाको भीमदत्त नगरपालिका–१ रौटेला स्थित बैजनाथ मन्दिरबाट भीमदत्तका मेयर,उपमेयर,वडाध्यक्ष सहितका उम्मेद्धवार घरदैलोमा जाने नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए । उनकाअनुसार उम्मेद्धवारले जनताको अवस्था र आवश्यकता बुझने र आफ्ना एजेण्डा जनतासामु राख्ने र भोट माग्नेछन् । 

सम्बन्धित शीर्षकहरु