एमालेबाट वडा सदस्यका उम्मेद्धवार धामी सहित १० जना नेपाली काँग्रेस प्रवेश

  बिहिबार १५, बैशाख २०७९ ०५:५३

महेन्द्रनगर । नेकपा एमालेबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडा सदस्यका उम्मेद्धवार कम्मान धामी एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

विहिबार भीनपा–१ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रममा धामी सहित १० जना नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखक लगाएतका नेताले टिका लगाएर पार्टी प्रवेश गराएका नेपाली काँग्रेस भीमदत्त नगर सभापति अच्युतराज कलौनीले बताए ।  
उनकाअनुसार ८ जना एमाले र २ जना माओवादी केन्द्र परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु