काँग्रेस जित्यो भने विकास जित्छः मेयर पदका उम्मेद्धवार बोगटी

  बिहिबार १५, बैशाख २०७९ ०५:५९

महेन्द्रनगर । नेपाली काँग्रेसबाट भीमदत्त नगरपालिकामा मेयर पदका उम्मेद्धवार तथा नेपाली काँग्रेस कञ्चनपुरका सभापती पदम बोगटीले काँग्रेस जित्यो भने विकास जित्ने बताएका छन् ।

विहिबार भीमदत्त नगरपालिका–१ स्थित चुनावी घरदैलो कार्यम्रममा नेता बोगटीले त्यसो भनेका हुन् । ‘२०७४ सालमा यहाँ (भीमदत्त नगरपालिका–१) मा काँग्रेसलाई जिताउँदा यहाँ विकास भएको छ ।’

उनले भने ‘अन्य वडा र यस वडाको विकास हेरेपछि पनि  थाहा हुन्छ काँग्रेसले के गर्छ ? भनेर ।’ उनले अगाडी थपे ‘काँग्रेसले जित्यो भने विकासले जित्छ र कम्युनिष्टले जित्यो भने विकास हार्छ ।’

उनकाअनुसार कम्युनिष्टहरुलाई आफ्नो दुनो कसरी सोझाउने भन्ने चिन्ता मात्र हुन्छ । जनताको चिन्ता हुदैन ।

भीमदत्त नगरपालिकामा काँग्रेसलाई प्रवेश गराएपछि आफुहरु यहाँको विकास,समृद्धि र जताका आवश्यकता  पुरा गर्ने नेता बोगटीले प्रतिवद्धता जनाए ।

२०७४ सालको स्थानिय निर्वाचनमा नेता बोगटी झिनो मतले एमालेका उम्मेद्धवार सुरेन्द्र विष्टसंग पराजित भएका थिए । 

सम्बन्धित शीर्षकहरु