पुनः आफ्नो पारिश्रमिक नलिने  वडाध्यक्ष पदका उम्मेद्धवार भुन्टुको प्रतिवद्धता

  बिहिबार १५, बैशाख २०७९ ०६:२८

महेन्द्रनगर । नेपाली काँग्रेसका तर्फबाट भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष पदका उम्मेद्धवार आसेफ कुवँर (भुन्टु)ले आफुले चुनाव जितेपछि पुनः पारिश्रमिक नलिने प्रतिवद्धता जनाएका छन् ।

विहिबार घरदैलो कार्यक्रमा उनले स्थानिय संग त्यसो भनेका हुन् । कुवँर २०७४ सालको स्थानिय तह निर्वाचनमा भीनपा–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनि पुनः नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा उठेका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका कुवँरले २०७४ को स्थानीय चुनावमा पनि उनले आफ्नो तलब भत्ता नलिने र आफ्नो तलब भत्ता वडाका गरिब, असहाय, अपाङ्ग, विपन्न र बृद्धबृद्धाहरुलाई वितरण गर्ने घोषणा गरेका थिए ।

कुवँरले प्रतिवद्धता अनरुपनै आफ्नो पारिश्रमिक वडाको विकास र गरिब, असहाय, अपाङ्ग, विपन्न र बृद्धबृद्धाहरुलाई वितरण गरेका थिए । यो संगै नेता कुवँरले वडमा भौतिक,पर्यटन,साँस्कृतिक लगाएतका क्षेत्रमापनि थुप्रो विकास गरेका स्थानियले बताएका छन् ।

 ‘मैले गएको ५ वर्षमा जानी नजानी केही गलत गरेको छु भने मलाई माफ गरिदिनु होला ।’ घरदैलो कार्यक्रममा उनले भने ‘म फेरी वडाध्यक्षमा उठेको छु र म पुनः मैले पाउने सेवा सुविधा केही लिने छैन ।’

उनले अगाडी थपे ‘मैले पाउने सेवा सुविधा वा मेरो पारिश्रमिक यहाँका विपन्न,असहाय,अपाङग,वृद्धवृद्धाहरुलाई वितरण गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

नेता कुवँरको सामाजिक कार्यको बेला–बेला चर्चा समेत भइरहन्छ ।  
 

सम्बन्धित शीर्षकहरु