सांसद विकास कोषको आधा बजेट आदिवासी र दलितका लागि खर्च गर्छुंः एनपी साउद

  शनिबार २६, कार्तिक २०७९ ११:१७

महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम् पूर्वमन्त्री एनपी साउदले सांसद विकास कोषको आधार रकम आदिवासी र दलितका लागि खर्च गर्ने घोषणा गरेका छन्।

शुक्लाफाँटा नगरपालिका–१० को चुनावी सभालाई सम्बोधन गर्दै साउदले क्षेत्र नं. २ का तीन वटै पालिकामा सांसद विकासको आधा रकम आदिवासी र दलितका लागि खर्च गर्ने घोषणा गरेका हुन।

‘कसैको केही आस्था छ, कसैको केही, आस्था बमोजिम टोल टोलमा नक्सा बनाएर नक्सा बनाएर काम गर्छं,’ उनले भने, ‘अब मन्दिर, धार्मिकस्थानको बन्छ कि बन्दैन भनेर केही चित्ता नगर्नुहोस्, तीनै नगरपालिकामा आधा रकम खर्च गर्छुं ।’

सम्बन्धित शीर्षकहरु