एमालेको जसरी संसद भंग गर्दैनौं, पाँच वर्ष गठबन्धनको सरकार चल्छः साउद

  आइतबार २७, कार्तिक २०७९ ०९:२७

कञ्चनपुर। नेपाली कांग्रेसका नेता एनपी साउदले गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने बताएका छन्।

बेदकोट नगरपालिका–२ जडेपानीको चुनावी सभालाई सम्बोधन गर्दै नेता साउदले नेकपा एमालेले विगतमा दुई तिहाइ ल्याए पनि पाँच वर्ष सरकार सञ्चालन गर्न नसकेको बताए। 

‘निर्वाचित भएपछि एमाले भन्दा फरक काम गर्छौ, एमालेले दुई तिहाइ ल्याए पनि पाँच वर्षसम सरकार चलाउन सकेन,’ उनले भने, ‘हामी गठबन्धनलाई पाँच वर्षसम्म चलाउने छौं, मुलुकमा स्थिरता दिनेछौं।’

सर्वोच्च अदालतले संविधानमा प्रावधान नभएको भन्दै अवैधानिक संसद विघटन नगर्न पटक पटक भन्दा पनि एमालेले संसद भंग गरेको साउदको भनाइ थियो।

संविधान रक्षाका लागि गठबन्धन गर्नु परेको उनले उल्लेख गरे।  साउदले चुनाव पछि हुने गठबन्धन दिगो नहुने नभएकाले चुनावअघि नै तालमेल गरेर जनतामाझ अनुमोदनका लागि आएको बताए।
 

सम्बन्धित शीर्षकहरु