सांसद हुँदा विकास निर्माणका थुप्रै काम अगाडि बढाएको छुँ, फेरी मौका दिनुहोस्ः बहादुरसिंह थापा

  आइतबार २७, कार्तिक २०७९ ०९:४७

महेन्द्रनगर। कञ्चनपुर क्षेत्र नं. २ प्रदेश सभा (१) मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मदेवार बहादुर सिंह थापाले आफू सांसद हुँदा यस क्षेत्रमा थुप्रै विकास निर्माणका कामहरु अगाडि बढेको बताएका छन्।

बेदकोट नगरपालिका–२ जडेपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले नेकपा एमालेले कांग्रेसको नेतृत्वमा भएको कामलाई आफूले गरेको भनेर दुष्प्रचार गरिरहेको आरोप लगाए।

०७० जितेर सांसद भएका बेला बाटोघाटो, पुलपुलेसा, तटबन्ध तथा विद्यालयको भवन निर्माण लगायत क्षेत्रमा थुप्रै काम भएको उनले बताए।

‘सडक, बाटोघाटोमा थुप्रै काम भएका छन्, ०७० सालको चुनाव जितेपछि संविधान निर्माण लागे संगै विकास निर्माणका काम पनि भएका छन्,’ उनले भने।

०७२ सालमै आधा निर्माण भएको पुललाई नेकपा एमालेले आफूले गरेको भनेर प्रचार गरिरहेको थापाको भनाइ थियो।

‘एमालेका साथीहरु पुल हामीले बनाएको भन्छन्, ०७२ सालमा आधा भन्दा बढि पुृल निर्माण भएका थिए,’ उनले भने, ‘जब त्यो समयमा उहाँहरु हुनुहुन्थेन ।’
 

सम्बन्धित शीर्षकहरु