अपांगता भएकाहरूलाई राहत सामाग्री वितरण

  बुधबार ०१, पुष २०७७ ०७:१५

 महेन्द्रनगर ।  विश्व हिन्दु महासंघ नेपालले विभिन्न संघसंस्थासँगको सहकार्यमा अपांगता भएका व्यक्तिलाई राहत सामग्री वितरण गरेको । हिन्दु महासंघ नेपालले रुडुक नेपाल, प्रजातान्त्रिक महासंघ र छोरी बुहारी महासंघको सहकार्यमा महेन्द्रनगर र झलारीमा राहत सामग्री वितरण गरेको हो ।

विश्व हिन्दु महासंघले बुधबार झलारीका ४० जना र महेन्द्रनगरका ५० जना अपांगता भएका व्यक्तिलाई राहात सामग्री वितरण गरेको थियो ।  कोरोना भाइरसका कारण देशभरका आपांगता भएका व्यक्ति समस्यामा भएकाले राहत सामग्री वितरण गरिएको हिन्दु महासंघका उपाध्यक्ष जोत्सोना साउँदले बताइन् ।

‘कोरोनाका कारण अहिले सबैभन्दा बढी समस्या आपांगता भएका व्यक्ति छन्,’ उनले भनिन्, ‘उनिहरुलाई दैनिक जिवनयापनमा केही सहज होस् भनेर राहत वितरण गरेका हौं ।’ झलारी र महेन्द्रनगरमा आपंगता भएका व्यक्तिलाई न्यानो कपडा, ह्विलचियरलगायत दैनिक जीवनयापनमा प्रयोग गरिने सामग्री वितरण गरिएको उनले बताइन् ।

‘हामी यो कार्यक्रमलाई निरन्तरता दिन्छौं,’ उनले भनिन्, ‘अन्य पालिकाहरुमा पनि सहयोगका कार्यक्रम गर्छौ ।’ विश्व हिन्दु महासंघले विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर देशभर सामाजीक कार्य गरिरहेको उपाध्यक्ष साउँद बताउँछीन् । ‘हामीले यस्ता सामाजीक कार्यहरु देशभर गरिरहेका छौं,’ उनले भनिन्, ‘यसअघि पनि यहाँका विभिन्न पालिकाहरुमा रहेका गर्भवती महिला तथा असक्त परिवारलाई राहत सामग्री वितरण गरेका थियौं ।’

सम्बन्धित शीर्षकहरु