कोरोना संक्रमित मृत्यु प्रकरणः मृतकका परिवारले गरे अस्पताल प्रशासनमा तालाबन्दी

  शनिबार २८, चैत २०७७ ०७:५७

महेन्द्रनगर । महाकाली अस्पतालमा कोरोना संक्रमतिको मृत्यु भएपछि अस्पताल प्रशासनमा तालाबन्दि गरिएको छ ।  महाकाली अस्पताल प्रशासनको लापरवाहीका कारण कोरोनाका विरामीको  मृत्यु भएको भन्दै अस्पताल प्रशासनमा पीडित परिवारले तालाबन्दी गरेका हुन् ।

भीमदत्त नगरपालिका १५ निम्खुबेडाका स्थानीय ४८ बर्षिया दल बहादुर चन्दको बुधबार बिहान मृत्यु भएको थियो । अस्पताल व्यवस्थापन समिति र डाक्टरहरुको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै पिडित परिवार आन्दोलित भएका हुन् । अस्पतालका मेसु हरि कुमार श्रेष्ठ नेतृत्वको प्रशासनको लापरवाहीले चन्दको मृत्यु भएकाले   आफुहरुले अस्पताल प्रशासनमा तालाबन्दी गरेको मृतकका भतिजा जनक चन्दले बताए । उनले भने ‘अस्पताल व्यवस्थापन समितिले विरामीको उपचारमा लापरवाही गर्ने चिकित्सक र स्वास्थ्यबकर्मीलाई कारर्वाही नगरेसम्म हामीहरु ताला खोल्दैनौँ ।’  तालाबन्दीका कारण अस्पताल प्रशासनको कामकाज ठप्प भएको छ ।  महाकाली अस्पतालका प्रवक्ता नारद भट्टले तालाबन्दीका कारण कामकाज प्रभावित भएको बताए ।

उनका अनुसार हाल अस्पतालमा कोरोनाका १६ जना बिरामी आइसोलेशनमा छन् । अस्पतालका मेसु श्रेष्ठ नै सरकारी अस्पतालमा भन्दा निजी अस्पतालमा बढी समय दिने भएका महाकाली अस्पतालमा रहेका विरामीले अकालमै ज्यान गुमाउनु परेको पिडित परिवारको आरोप छ ।

मृतक चन्दका भतिजाले भने ‘मेसु श्रेष्ठको ध्यान कमिसनतिर भएका कारण  बिरामीको ज्यान गइरहेको छ ।’ मृतक चन्द  भारतको गुजरातबाट फर्किएका थिए । स्वदेश फर्केका चन्दलाई चैत २२ गते  आईतबार महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।  अस्पताल भर्ना गरेको चारदिनसम्म बिरामी काकाले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आफुमा देखिएको स्वास्थ्य समस्या बारे पटक पटक अनुरोध गर्दा पनि स्वास्थ्यकर्मीले केही वास्ता नगरिएको कारण उनको मृत्यु भएको भतिजा जनकले बताए ।

6 ‘अस्पतालमा आफुमाथि परेको समस्या बारे काकाले स्वास्थ्यकर्मीसंग अनुरोध गरेको विषय घर परिवारसग भनेका थिए।’ उनले भने ‘हामीले पनि अस्पतालमा ताकेता गरेउ तर केही वास्ता गरिएन, न त हामीलाई यहाँ निको हुँदैन, अन्त लैजानुहोस भनियो ।’ अस्पताल प्रशासनका प्रमुख निमित्त मेसु डा. हरि कुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले गैर जिम्मेबारीपन देखाएर पन्छीन खोजिएको पीडित परिवारको गुनासो छ । ‘हामीले काकाको मृत्यु बारे के कति कारण, लारवाही किन भयो, तपाईहरु कोरोनाका नाममा करोडौँ खर्च गर्दा पनि जनताले ज्यान गुमाउनुपर्ने कारण के हो ? भन्ने जवाफ माग्दा समेत अध्यक्ष जोशीले मोवाईल स्वीचअफ गरेर सम्पर्क बाहिर छन् ।’ 
 

सम्बन्धित शीर्षकहरु