अत्तरीया चोक स्थित सडक मर्मत गर्न भन्दै सडक डिभिजन महेन्द्रनगरलाई ज्ञापन पत्र

  शुक्रबार २५, भदौ २०७८ ०१:५३

महेन्द्रनगर । लामो समयदेखीे अत्तरीयाको प्रमुख चोक स्थित सडक मर्मत नहुदाँ अत्तरीया उद्योग वाणिज्य संघले तत्काल सडक मर्मत गर्न भन्दै सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई ज्ञापन पत्र बुझाएको  ।

 शुक्रबार अत्तरीया उद्योग वाणिज्य संघले अत्तरीया चोक स्थित भत्केको सडक तत्काल मर्मत गर्न अनुरोध गर्दै सडक डिभिजन कार्यालयलाई ज्ञापन पत्र बुझाएको अत्तरीया उद्योग वाणिज्य संघका सचिव यग्यराज जोशीले बताए ।

‘लामो समयदेखी मेन चोकको भत्किएको सडक मर्मत नहुदा बजार धुलाम्य हुने र दुर्घटनाको जोखिमपनि भएकोले तत्काल समक मर्मत गर्न अनुरोध गर्दै आज सडक डिभिजनलाई ज्ञापन पत्र बुझाएका हौ ।’

उनका अनुसार शुक्रबार दिउसो स्थानिय व्यवसायीहरुले उक्त सडक मर्मतको माग राख्दै एक घण्टा चक्का जाम समेत गरेका थिए । 
 

सम्बन्धित शीर्षकहरु