३८ लाख बढीका अवैध सामान सशस्त्र प्रहरीद्धारा  बरामद

  सोमबार १९, असोज २०७७ ०४:२०

महेन्द्रनगर ।  सशस्त्र प्रहरीले कलुवापुर–बेलौरी सडक खण्डबाट ३८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको ३५ नं. गणबाट खटिएको टोलीले परिमाण भन्दा कम विल बनाएर ढुवानी भईरहेको मालसामान शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी क्षेत्रबाट बरामद गरेको हो ।

धनगढीमा परिमाण भन्दा कम बिल बनाएर दिपायलका लागि लोड भएको गाडीसहित सामान बरामद गरिएको गणका प्रमुख एसपी वीरेन्द्र ऐरले बताए । उनका अनुसार उक्त गाडीमा बेलौरीबाट अवैध मालसामान लोड भएको पाइएको छ ।

सशस्त्र प्रहरीले से १ च ११३२ नम्बरको महिन्द्र जीप, विभिन्न किसिमका औषधी, कपडा, सुर्ती, गुटखा, बेसार र पलाष्टिकका बोराहरु बरामद गरेको छ । बरामद भएको सामान राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाइनेछ । 
 

सम्बन्धित शीर्षकहरु