महाकाली अस्पतालका ल्याब टेक्निसियनमा कोरोना

  सोमबार १९, असोज २०७७ ०५:३४

महेन्द्रनगर । महाकाली अस्पतालमा कार्यरत २ जना ल्याब टेक्निसियनमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा कार्यरत १ जना पुरुष र अर्को महिला टेक्निसियनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारद भट्टले बताए ।

दुबै जनाको गत १६ गते स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको थियो । अस्पतालमा कार्यरत २ जना ल्याब टेक्निसियन बाहेक कञ्चनपुरका अरु २ जनामा पनि सोमवार कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित शीर्षकहरु