नेता साउँद र थापाको पहलमा कञ्चनपुरमा तटबन्ध निर्माणका लागि १० करोड रकम स्वीकृत

  मङ्गलबार ०१, चैत २०७८ ०५:१६

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद र नेता बहादुर सिंह थापाको पहलमा कञ्चनपुरमा नदि नियन्त्रण तथा तटबन्ध निर्माणका लागि १० करोड बजेट स्विकृत भएको छ ।

नेता साउँद र थापाको पहलमा कञ्चनपुरको दोदा,स्याली,स्यालीगाड,राधा,पथरिया,साजगाड,धारापानी खोला,गौडीखोला,खारखोला,ओदाल खोला,बन्दनदि,चौधर र कालीखोला लगाएतमा तटबन्ध निर्माणका लागि उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट १० करोड रकम स्विकृत भएको हो ।

मन्त्रालयले बोलपत्र आह्वान समेत गरिसकेको छ । साउँदले केही महिना अगाडीे कञ्चनपुरका नदि नियन्त्रण तथा तटबन्ध निर्माणका लागि उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयलाई योजना समावेश गर्न पहल गरेका थिए ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

सम्बन्धित शीर्षकहरु