महालक्ष्मी विकास बैंकद्धारा भुजेलामा निशुल्क स्वास्थ्य शिविर,२५० जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान

  शनिबार २५, मङि्सर २०७८ ०२:४३

महेन्द्रनगर । महालक्ष्मी विकाश बैंक लिमिटेड महेन्द्रनगर शाखाले कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।  

शनिवार भुजेला स्थित महाकाली जनज्योती आधारभुत विद्यालयको प्राङगणमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निशुल्क स्वास्थ्य परिक्षण र औषधी समेत प्रदान गरिएको महालक्ष्मी विकास बैंक महेन्द्रनगर शाखाका प्रमुख पहल ठकुल्लाले बताए ।

‘महालक्ष्मी विकास बैंकले प्रत्यक वर्ष समाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।’ शाखा प्रमुख ठकुल्लाले भने ‘सोहि अनुसार आज भीमदत्त–११ भुजेलामा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौ ।’ उनले अगाडी थपे ‘यो शिविरमा २ सय ५० जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।’

उनकाअनुसार उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकाया लगाएत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो ।

 गाउँघरमै आएर महालक्ष्मी विकास बैंकले निशुल्क स्वास्थ्य चेकजाँच र औषधी प्रदान गरेकोमा खुशी लागेको भीमदत्त नगरपालिका–११ भुजेलाका राम बहादुर कुमालले बताए ।

‘महालक्ष्मी विकास बैंकले हाम्रो घरमै आएर निशुल्क रुपमा हाम्रो स्वास्थ्य जाँच र औषधी दिनुभएको छ । खुशी लागेको छ हामीहरुलाई ।’ कुमालले भने ‘आगामी दिनमापनि यसरी शिविर राख्दिन अनुरोध गर्न चाहन्छु ।’

महालक्ष्मी विकास बैंक लि. महेन्द्रनगर शाखाले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।    
 

सम्बन्धित शीर्षकहरु